कारागारमा कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते

क्वीटो, १३ असोज (रासस÷सिन्ह्वा) ः इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ ।

यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् ।

frontline

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो ।

यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here