कामेर गठबन्धन कमजोर हुँदैन,गठबन्धनले गरेका कुकृतिहरूको भण्डाफोर गर्नुपर्छ : इश्वर पोखरेल

फाइल तस्बिर

१४ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले कांग्रेसले नेतृत्व गरेको केन्द्रमा देश विकास गर्ने कुनै योजना नभएको बताएका छन्।

एमाले भोजपुर काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले कांग्रेससँग कुनै योजना नभएको र स्वार्थमा लिप्त भएको बताएका हुन्।

frontline

उनले भने, ‘देश बनाउने सपनालाई जागृत गर्न जरुरी छ। एमालेले देशको एजेण्डा बोकेको छ। राष्ट्रिय मुद्दाहरूमा हामी केन्द्रित हुनुपर्छ।’

उनले गठबन्धनलाई कमजोर बनाउनु आफू बलियो हुनुपर्ने बताए। उनले भने, ‘भाकल गरेर गठबन्धन कमजोर हुँदैन।

कामेर गठबन्धन कमजोर हुँदैन। गठबन्धनले गरेका कुकृतिहरूको भण्डाफोर गर्नुपर्छ।’ उनले हालै भएको निर्वाचनमा एमालेले  सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here