काभ्रेमा २४ घन्टापछि पनि सुरु भएन मतगणना

५ मंसिर, काभ्रे । काभ्रेमा २४ घन्टा बितिसक्दा पनि मतगणना सुरु भएको छैन। प्रतिनिधिसभा १ को मतपेटिका ढिला जम्मा भएको कारण मतगणना सुरु नभएको हो। 

प्रतिनिधिसभा २ को सबै मतपेटिका बिहान ४ बजे रुजु भए पनि सर्वदलीय बैठकको कारण ढिला भएको जिल्ला निर्वाचन अधिकृत उमेश राइले जानकारी दिए। 

frontline

प्रतिनिधिसभा २ को सर्वदलीय बैठक १० बजेका लागि बोलाएको पनि समयमा सुरु नभएको निर्वाचन कार्यालयले जनाएको छ। प्रतिनिधिसभा २ को मतगणना साँझ ७ बजेदेखि सुरु गरिने राइले जानकारी दिए। 

प्रतिनिधिसभा १ को सबै मतपेटिका निर्वाचन कार्यालयमा रुजु भए सङै सर्वदलीय बैठकबाट राति ११ बजेबाट मतगणना सुरु गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here