काभ्रेमा भूमी आयोगले स्थानीय निकाय प्रशिक्षण

काभ्रेमा रहेको १३ वटा स्थानीय तहहरुमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलन कार्य गर्न सबै स्थानीय तहमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न ।

गाउँपालिका तथा नगरपालिकाको वडाअध्यक्ष, वडा सचिव र कम्प्युटरमा विज्ञहरुलाई राखेर भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य गर्न आवश्यक सूचनाहरू र कस्ता खाले समस्यालाई कुन फारम भर्ने र पीडितलाई बुझाउने भन्ने बारे भूमिसम्बन्धी समस्या समाधान आयोगका विज्ञ सदस्य जेन लामा जेनिसले जानकारी दिनु भएको छ ।

frontline

सबै वडा कार्यालयबाटै सबै विवरण भरेर आयोगसमक्ष पठाउन सकिने भन्दै शाखा अधिकृत परशुराम थापाले अब भूमिसम्बन्धी समस्या समाधानका लागि आयोगसम्म पीडितहरु धाउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here