काभ्रेका अस्पताललाई‘भेन्टिलेटर’ रअक्सिजन कन्सन्ट्रेटर’ सहयोग

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका तीन कोरोना विशेष अस्पतालका लागि ‘भेन्टिलेटर’ मेशिन र ‘हाइ फ्लो अक्सिजन कन्सन्ट्रेटर’ सहयोग गरिएको छ ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ नामक सामाजिक संस्थाले धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताललाई १/१ वटा भेन्टिलेटर मेशिन हस्तान्तण गरेका हुन् ।

frontline

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको रोहवरमा ती दुबै अस्पताल र नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पताललाई २/२ थान हाइ फ्लो अक्सिजन कन्सन्ट्रेटर र २०/२० थान पीपीईसमेत प्रदान गरिएको छ ।

प्रारम्भ संस्थाकी अध्यक्ष एवं सिगापुर रेडक्रसको नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले कोरोना संक्रमितको उपचारको लागि केही सहज होस् भनेर सहयोग गरेको बताउनुभयो ।

यसअघि प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनले बनेपा, धुलिखेल, पनौती, पाँचखाल र भुम्लु गाउँपालिका, नमोबुद्ध र रोशी गाउँपालिकाले संयुक्त रुपमा सञ्चालन आइसोलेसन सेन्टरको लागि २/२ वटा अक्सिजन कन्सन्ट्रेटर, २०/२० थान पीपीई, ५/५ थान पल्स अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिसकेका छन् ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल लगायतले सहयोगको प्रशंसा गर्दै उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here