काबुलस्थित सैनिक अस्पतालमा बम विस्फोट, १९ को मृत्यु, ४३ भन्दा बढी घाइते

१७ कार्तिक, काबुलअफगानिस्तानकै ठूलो सैनिक अस्पतालमा मंगलबार भएको शक्तिशाली बम विस्फोटमा परेर १९ जनाको मृत्यु भएको छ भने ४३ भन्दा बढी घाइते भएका छन्। राजधानी काबुलस्थित मोहम्मद दाउद खान सैनिक अस्पतालमा मंगलबार दिउँसो दुईवटा विस्फोट भएको थियो।

विस्फोटमा परि करिब १९ जनाको मृत्यु भएको र ४३ भन्दा बढी घाइते भएको काबुलस्थित आन्तरिक मामला मन्त्रालय स्रोतले अलजजिरासँग बताएको छ।

frontline

सो अस्पतालमा हवाई फायरसँगै विस्फोट गरिएको अफगान सरकारका सह प्रवक्ता बिलाल कारिमीले बताएका छन्। यद्यपि, घटनाको विस्तृत विवरण भने हालसम्म प्राप्त हुन नसकेको उनले जनाएका छन्। 

उनकाअनुसार अफगानिस्तानकै ठूलो ४ सय शैया भएको मोहम्मद दाउद खान सैनिक अस्पतालको प्रवेशद्धारमा दुईवटा विस्फोट गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here