काबुल बिमानस्थलमा आत्मघाती हमला, १३ अमेरिकी सैनिक सहित ९० को मृत्यु, १५० घाइते
अफगानिस्तान । बिहीबार मध्यान्ह अफगानिस्तानको काबुल स्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती बम हमलामा परी नब्बे भन्दा धेरैको ज्यान गएको छ भने एक सय पचासको संख्यामा सर्बसाधारण घाइते भएका छन् ।
दूई आत्मघाती आतङ्ककारीले बिमानस्थलको पूर्वी द्वार नजिकै सर्वसाधारणको भीडमा आफैलाई बिस्फोट गराइ यस्तो जघन्य घटना गराएका हून् । तालिबानले सत्ता कब्जा लिए संगै देश छोडेर तेस्रो मुलुक जान खोज्ने सर्वसाधारणको भीडमा लक्षित गरि बिस्फोट भएको हो ।
यो बिस्फोटको जिम्मेवारी अफगानिस्तान स्थित इस्लामीक स्टेटले लिएको छ । तालिबान भन्दा अझै कठोर धार्मिक समूहको रुपमा यसलाई चिनिन्छ ।
पेन्टागनका प्रेस प्रवक्ता जोन किरबीका अनुसार यस घटनामा परि बाह्र अमेरिकी सैनिकको ज्यान गएको छ ।काबुल बिमानस्थलबाट सर्वसाधारणलाई सुरक्षित तेस्रो मुलुक स्थानान्तर गराउन खटिएका त्यी सैनिकको मृत्यु भएको छ ।
घटनामा परि ज्यान गुमाउनेमा ठूलो संख्या महिला तथा बालबालिका रहेको अफगानि सञ्चार माध्यमले बताएको छ । तालिबानले अन्तर्राष्ट्रिय सूरक्षा निकायलाई स्थानान्तर अभियान सक्न दिएको समय सिमा सक्किन लाग्दा यो घटना घटेको हो ।
यसका साथै अफगानि नागरिकलाई सुरक्षित तेस्रो मुलुक स्थानान्तर गर्ने अभियान हिजोका मितिबाट समाप्त भएको बताइएको छ ।
तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएसंगै बिगत समयमा पश्चिमा मुलुकका सूरक्षा निकायलाई प्रत्यक्ष वा परोक्ष सहयोग गर्ने अफगानि नागरिकलाई तेस्रो मुलुक पठाउने कार्य त्यहाँ हुँदै आइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्