कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सम्पन्न
काठमाडौँ । संविधानविद् तथा कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
वरिष्ठ चिकित्सक भगवान् कोइराला र उहाँको समूहले दाहालको मुटुको शल्यक्रिया गरेको हो ।
कानूनविद् दाहालका दाजु डा रामप्रसाद दाहालका अनुसार उहाँ अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ ।
उहाँलाई आकस्मिकरूपमा मुटुमा समस्या देखिएपछि आइतबार मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर महाराजगञ्जमा उक्त शल्यक्रिया भएको हो ।
कानूनविद् दाहालका दाजुले रासससँग कुरा गर्दै भन्नुभयो, “ओपन हार्ट सर्जरी गरिएको हो, अहिले सघन उपचारकक्षमा उपचार भइरहेको छ, अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ ।” (रासस)
प्रतिक्रिया दिनुहोस्