कानुन व्यवसायीलाई परिसरमा नाराबाजी नगर्न सर्वोच्च प्रशासनको आग्रह

फाइल तस्बिर

६ पौष, काठमाडौं । सर्वोच्च अदालत प्रशासनले कानुन व्यवसायीलाई  सर्वोच्च परिसरमा नाराबाजी नगर्न आग्रह गरेको  छ।

सर्वोच्च प्रशासनले पटक -पटक फोन गरेर कानुन व्यवसायीलाई सर्वोच्च परिसरमा नाराबाजी नगर्न आग्रह गरेको सर्वोच्च बारका सचिव ऋषिराम शर्माले बताए।

frontline

उनले भने,’  धर्ना नदिनू भनेर सर्वोच्च प्रशासनबाट नेपाल बार र सर्वोच्चबारका पदाधिकारीलाई पटक पटक फोन आएको छ। हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी महिनौं दिनदेखि सर्वोच्चको मूल गेटमा नाराबाजी गर्दै आएका छन्।

सर्वोच्च अदातलमा गोला प्रकियामा मुद्दाको पेशी तोकिएसँगै न्यायाधीशहरु भने नियमित काममा फर्किसकेका छन्।

न्यायालयमा देखिएको विकृवि विसंगतिको अन्त्यका लागि गोला प्रणाली लागू भएपनि यो नै न्यायालय सुदृढीकरणको अन्तिम उपाय नभएको कानुन व्यवसायीहरु बताउँछन्।

प्रधानन्यायाधीश जबराकै कारण न्यायालयमा भ्रष्टाचार,विकृति र विसं‌गति मौलाएको भन्दै राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here