काठमाण्डु महानगरपालिकाद्वारा १८ अर्व ९५ करोड ७७ लाख १२ हजारकाे बजेट प्रस्तुत

काठमाण्डु । काठमाण्डु महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको छ ।

महानगरपालिकाले नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले ‘साँस्कृतिक शहर, काठमाण्डु महानगर’ भन्ने नारासहित १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँकाे बजेट प्रस्तुत गरेकी हुन् ।

frontline

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

बजेटमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गकि समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here