काठमाडौंमा १८ वर्ष माथिका नागरिकलाई पनि जोन्सन खोप दिइने

काठमाडौं । काठमाडौंमा आजबाट १८ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिइने भएको छ ।

स्वास्थ्य सेवा विभागले त्यसका लागि काठमाडौं जिल्लालाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराइएको जानकारी दिएको छ ।

frontline

विभागका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई १ लाख ४० हजार मात्रा खोप दिने लक्ष्य राखिएकोमा २ दिनमा ४० हजार मात्रा खोप लगाइएको छ ।

यहि बीचमा १८ वर्ष उमेर समूहलाई पनि खोप लगाउन लागिएको विभागले जानकारी दिएको छ ।

यद्यपि, सरकारले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क–ख) भएका नागरिक, शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई दिने निर्णय गरेको थियो ।

साउन ४ देखि ६ गतेसम्म काठमाडौँका ५५ वटा खोप केन्द्रबाट खोप लगाउने निर्णय भएको थियो ।

अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई जोन्सन एन्ड जोन्सनको खोप १५ लाख ३४ हजार ८५० डोज उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here