काठमाडौंमा १५४ वटा हिटी: ६१ वटा चालु, १२ वटा भेट्टाइएनन्

काठमाडौं महानगरपालिकाभित्र १५४ वटा ढुङ्गेधारा रहेको अध्ययनले देखाएको छ । अलान फाउन्डेसनले गरेको अध्ययन प्रतिवेदनले ६१ वटा ‍(४०) पानी आउने, ५० वटा (३२५) पानी नआउने, संकटमा परेका (लोप हुन लागेको अवस्थामा) १० वटा (६५), हराएका २१ वटा (१४५) र फेला नपरेका (नभेटिएका) १२ वटा (८५) रहेको उल्लेख गरेको छ । अध्ययनका क्रममा हिटीलाई यिनै ५ प्रकारमा बाँडेर तथ्याङ्क संकलन गरिएको थियो । प्राप्त विवरणअनुसार १ सय २१ हिटी भौतिक रुपमा भेटिएका छन् । ३३ वटाले आफ्नो निशान गुमाइसकेका छन् ।  

वडागत रुपमा हेर्दा वडा नं १५ र ३२ गरी २ वटा वडामा १२ — १२ वटा हिटी छन् । वडा नं ११, २२, २३, २४, २५ र २७ गरी ६ वटा वडामा एउटा पनि हिटीको अभिलेख भेटिएन । 

frontline

वडा नं १२ र १३ मा १/१ वटा, वडा नं ३, २१ र २९ मा २/२ वटा, वडा नं। २ र ३० मा ३/३ वटा हिटी छन् । वडा नं। ५, २८ र ३१ मा ४/४ वटा, वडा नं २० मा ५ वटा, वडा नं १, ८, १९, २६ मा ६/६ वटा हिटी छन् । वडा नं १८ मा ७ वटा, वडा नं ४ र ७ मा ८/८ वटा, वडा नं ९ र १६ मा ९÷९ वटा, वडा नं १७ मा १० वटा, वडा नं ६ मा ११ वटा र वडा नं १० मा १३ वटा हिटी छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here