काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि
८ असार, काठमाडौं । काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो ।
अस्पतालका अनुसार सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको हो । सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन् । यसअघि काठमाडौं बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाण्डौको बागबजार क्षेत्रको नमूना संकलन गरिरहेको छ । बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमूना संकलन भइरहेको हो ।
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाडौंमा हैजा फैलन सक्ने जोखिम बढेको बताए ।
बर्खाको समयमा हैजालगायतका सुरुवा रोगको जोखिम उच्च हुने भएकाले खानपानमा ध्यान दिन डाक्टरको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्