काठमाडौंबाट नक्कली डिएसपी पक्राउ

श्रोत : ईन्टरनेट

काठमाडौं। काठमाडौंबाट नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाले सोमबार नक्कली डिएसपीलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिए।

frontline

तार्केश्वर नगरपालिका वडा नम्बर ६ जरङ्गूस्थित भिक्टोरिया फार्मेसी सञ्चालन गर्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगानालाई पक्राउ गरिएको हो। उनले आफूलाई डाक्टर एसके ढुंगाना भनेर पनि चिनाउने गरेका छन्।

उनले आफू मेडिकल डाइरेक्टर डा‍. एसके ढुंगाना हुँ भन्दै मेडिकल फर्म चलाएको पाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, उनले नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी भनेर चिनाउँदै आएका थिए।

‘उसले आफ्नो फेसबुकमा पनि डिएसपीको लुगा लगाएको फोटो राखेको रहेछ,’ एसपी कोइरालाले भने, ‘फेरि आफैँले आफ्नो बढुवा भएको भनेर फोटो पनि राखेको पायौं।’

प्रहरीले उनकाे साथबाट नेपाल प्रहरीका विभिन्न पदका पोशाक लगाएका तस्वीर तीन वटा, डिएसपीको पोशाक एउटा, एक जोर नेपाल प्रहरीको जर्सी र मोबाइल बरामद गरेको छ।

‘उसले आफू डाक्टर पनि हो भनेको छ। तर डाक्टर वा डिएसपी बनेर कतिपयलाई ठगी समेत गरेको हुनसक्ने देखियो,’ कोइरालाले भने,’त्यसबारेमा थप अनुसन्धान गर्दैछौं।’ 

उनीबाट कोही ठगीएको भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत महाशाखाले आग्रह गरेको छ।

निज बाट बरामद

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here