काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा तोडफोड भएको छ।
पचारका लागि पुगेका बिरामीको मृत्यु भएपछि आफन्तहरूले अस्पतालमा तोडफोड गरेका हुन्।
सोमबार बेलुका इलाम घर भई पुरानो बानेश्वर बस्ने एक पुरूष उपचारका लागि केएमसी पुगेका थिए। मृतकका एक आफन्तका अनुसार ती व्यक्ति आफै अस्पताल पुगेका थिए।
‘मोही खानुभएको रहेछ। सर्किएर गाह्रो भएपछि आफैं अस्पताल पुगेर इमरजेन्सीमा पुग्नुभएको थियो। दुई-तीन मिनेट छटपटाउनु भयो। केही छिनमा बेडबाट लड्नुभयो। सुरक्षा गार्डले उठाएर बेडमा राखिदिएका थिए। त्यति बेलासम्म कुरूवालाई औषधि लिन पठाइएको मात्र थियो। बेडमा राखेपछि उहाँको मृत्यु भयो,’ बिरामीका आफन्तले भने।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले अस्पताल तोडफोड भएको जानकारी आएको बताए।
प्रतिक्रिया दिनुहोस्