काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो । आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • काठमाडौंको मखन टोलमा घर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।
  • आगलागी सुरज आर्केड मछाडि दयाराम श्रेष्ठको घरमा भएको हो।
  • आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ।

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।

सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो ।

आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।

#आगलागी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here