काठमाडौंको नीति कार्यक्रममा फिल्म, मनोरञ्जन कार्यक्रम संचालनको लागि ब्रान्डिङ गर्ने

फाइल तस्बिर

६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रममा फिल्म, संगीत, नाटक र कलाको पक्षलाई पनि समेटेको छ ।

आइतबार प्रस्तुत नीति तथा कार्यक्रममा मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं सहरलाई अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरञ्जनका कार्यक्रम संचालन गर्नको लागि ब्रान्डिङ गर्न सम्बद्ध निकायसँग सहकार्य गर्ने उल्लेख गरेका छन् ।

frontline

साथै महानगरपालिकाको संस्कृति, सम्पदा, पर्यटन र सभ्यताको प्रवर्द्धन गर्ने विषयका स्वदेशी तथा विदेशी चलचित्र र नाटकको लागि निश्चित मापदण्डको आधारमा अनुदान प्रदान गरिने पनि उल्लेख छ ।

आफ्नो चुनावी घोषणापत्रमा उल्लेखित एजेन्डालाई बालेनले नीति तथा कार्यक्रममा समेटेका हुन् । उपमेयर सुनिता डंगोलका केही एजेन्डालाई पनि उनले समेटेका छन् ।

कला क्षेत्रलाई प्रवर्द्धन गर्नको लागि काठमाडौं महानगर क्षेत्रभित्र डबलीको पुनर्स्थापना र एम्पी थिएटर निर्माण गर्ने डंगोलको योजना पनि नीति तथा कार्यक्रममा समावेश छ ।

र्‍याप गायकसमेत रहेका बालेनले नेपाली फिल्ममा लाग्दै आएको स्थानीय करमा २ प्रतिशत मिनाहा गर्नेसमेत योजना रहेको हालैको एक कार्यक्रममा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here