काठमाडौंको तामक्रम घट्दै, ३ डिग्रीमा झर्‍यो, हुम्लामा माइनस ६

५ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ। राती र बिहानपख तापक्रम घट्न थालेको हो।

काठमाडौं उपत्यकामा दिउँसो घाम लागेपनि साँझ बिहान भने चिसो बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज बिहान ८: ४५ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन  गरिएको हो।  अधिकतम तापक्रम घटेर १७.४  डिग्रीमा पुगेको छ।

frontline

सबैभन्दा जुम्लाको तापक्रम कम छ । आज जुम्लाको तामपक्रम माइनस ६.२ डिग्री सेल्सियस छ। अधिकतमक तामपक्रम १४.४ डिग्री छ।

यस्तै अहिले देशको पश्चिमी र मध्य तराई भू-भागका केही स्थानमा र पूर्वी तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

आज बिहान ८ : ४५ बजेको मौसमी अवस्थाअनुसार धनगढीको तापक्रम ४.२ डिग्री, नेपालगंजको ४.६, भैरहवाको ७.५, सिमराको ६ , जनकपुरको ८ र विराटनगरको ८ डिग्री सेल्सियस रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध छ।

यस्तो छ ३ दिनको मौसम अवस्था

०७८ पौष ५

दिउँसो :  बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रही  बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।
राती : देशभरि आंशिक बदली  रहनेछ।  

२०७८ पौष ६

दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली  प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही  बाँकी भू-भागमा  आंशिक बदली रहनेछ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, बाग्मती र गण्डकी  प्रदेशको पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रही  बाँकी भू-भागमा   आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

२०७८ पौष ७

दिउँसो : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।
राती : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here