काठमाडौं २ की सांसद सोविताले अलपत्र सडक तत्काल निर्माण गर्न सडक डिभिजनलाई दिइन् दबाब

फाइल तस्बिर

२० मंसिर, काठमाडौं । काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित सोविता गौतमले आफ्नो निर्वाचन क्षेत्रको अलपत्र सडक तत्काल निर्माण गर्न सडक डिभिजन कार्यालय काठमाडौंलाई दबाब दिएकी छन् ।

मंगलवार कार्यालय पुगेकी उनले आफ्नो क्षेत्रमा लामो समयदेखि अलपत्र पारिएका सडकहरू तत्काल निर्माण सम्पन्न गर्न कार्यालय प्रमुख नारायणप्रसाद निहुरेलगायतलाई दबाब दिएकी हुन् । 

frontline

सांसद सोविताले सामाजिक सञ्जालमार्फत आफूले सडक निर्माणमा भइरहेको ढिलाइबारे कार्यालय प्रमुखसँग छलफल गरेको जानकारी दिएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्,  ‘आज सडक डिभिजन कार्यालय, काठमाडौं अन्तर्गत पर्ने काठमाडौं निर्वाचन क्षेत्र नं २ का निम्न सडकको निर्माण, सुधार, र मर्मत कार्यको प्रगतिको सन्दर्भमा सडक डिभिजन कार्यालय प्रमुख नारायण प्रसाद निहुरे, इन्जिनियर तुलाकान्त चौधरीलगायत अन्य इन्जिनियरहरूसँग  छलफल ! 


१) साँखु–बज्रयोगिनी–चौकीभन्ज्याङ–धारापानी–पटाप–कुण्डेश्वर सडक (निर्माणाधीन) 
२) साँखु–फड्केश्वर सडक (निर्माणाधीन ) 
३) जर्सिङ्पौवा–भोटेचौर सडक (सम्झौता चरणमा ) 
४) मूलपानी–ब्रह्मखेल सडक (निर्माणाधीन) 
५) बोडे–मूलपानी–क्रिकेट ग्राउण्ड–गोकर्ण सडक (निर्माणाधीन) 
६) पेप्सीकोला–मूलपानी–पिपलबोट सडक (निर्माणाधीन)’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here