काठमाडौं मेडिकल कलेजमा तालाबन्दी, भोलिदेखि रिले अनशन बस्ने

फाइल तस्बिर

१८ पुस, काठमाडौं । अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरुले काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका छन् ।

कलेज प्रशासनलाई पटकपटक आग्रह गर्दापनि अतिरीक्त शुल्क लिएपछि तालाबन्दी गरीएको विद्यार्थीहरुले बताएका छन् ।

frontline

कलेजले विद्यार्थीहरुसंग तोकिएको भन्दै चार लाख रुपैयाँ लिएको छ । विद्यार्थीहरुबाट अतिरिक्त २० लाखसम्म माग गरेको पीडित विद्यार्थी बताउँछन् ।

उनीहरु भोलि सोमबारदेखि रिले अनशन बस्ने भएका छन् । मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क असुल्दै आएको पाइएको छ ।

गृह मन्त्रालयले अतिरिक्त शुल्क लिएका मेडिकल कलेजलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरीसकेको छ ।

काठमाडौं मेडिकल कलेजका विद्यार्थी विगत एक महिनादेखि आन्दोलित छन् ।

उनीहरूलाई कलेजले यथाशीघ्र अतिरिक्त शुल्क बुझाउन भनेको छ। दिनहुँजसो विद्यार्थीहरू कलेज अगाडि विरोध प्रदर्शनमा छन् ।

काठमाडौं विश्वविद्यालयले मंसिर १२ गते काठमाडौं मेडिकल कलेजको अध्ययन अध्यापन सुरु गराउने सम्बन्धमा सूचना जारी गरेको थियो ।

काठमाडौं मेडिकल कलेजमा अतिरिक्त शुल्क बुझाएका १३ जनाले पढ्न थालेका छन्। जसमा एमबीबीएसतर्फ ६ र बीडीएसतर्फ ७ जना छन् ।

उनीहरूले कलेजको दबाबका कारण ४ लाख रुपैयाँ अतिरिक्त शुल्क बुझाइसकेका छन् ।

काठमाडौं मेडिकल कलेजमा १ सय जनाले एमबीबीएस र ३८ जनाले बीडीएसमा पढ्न पाएका हुन् ।

कलेजले एक सातादेखि अतिरिक्त शुल्क बुझाएकालाई मात्र पढाउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here