काठमाडौं महानगरले ५ दिनमा ५० हजार जनाकाे एन्टिजेन परीक्षण गरिने

श्रोत : ईन्टरनेट

काठमाडौं । काठमाडौं महानगरले ५ दिनमा ५० हजार जनाकाे एन्टिजेन परीक्षण गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा जेठ १४ गतेदेखि परीक्षण हुनेछ । 

हरेक दिन १० वडा केन्द्रबाट एन्टिजेन विधिबाट नमुना संकलन गरिनेछ । ५ दिनभित्रमा सबै वडाका जोखिमपूर्ण ठाउँहरूमा परीक्षण गरिसकिनेछ । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर भन्छन्, ‘‘समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण गर्ने योजना बनाइएको हो ।”

frontline

परीक्षणबाट पोजेटिभ देखिएका विरामीलाई थप परीक्षण र आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लगिनेछ । 

नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमणबाट मानिसहरू बिरामी पर्न थालेपछि महानगरले सम्पर्क चक्र टुटाउन प्रयास गरिरहेको छ । संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि वैशाख १४ गतेको कार्यपालिकाको निर्णय र बैशाख २३ गते स्वास्थ्य विज्ञहरुसँगको  बैठकले गरेका निर्णयका आधारमा वृहत एन्टिजेन परीक्षण गरिने भएको हो । 

परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ् (सीआइसीटी) समूहलाई सक्रिय बनाइनेछ । महानगरका कोविड १९ फोकल पर्सन ज्ञानबहादुर ओली भन्छन्, ‘‘आवश्यकताका आधारमा थप जनशक्ति परिचालन गरेर पनि कार्यक्रम गरिनेछ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here