काठमाडौं महानगरमा अखाद्य मिठाइ छ्याप्छ्याप्ती बिक्री

१2 कार्तिक, काठमाडौं : काठमाडौं महानगर क्षेत्रमा अखाद्य मिठाइ छ्याप्छ्याप्ती बिक्री भइरहेको पाइएको छ। मध्यम खालका मिठाइ पसलहरुले मिठाइ बनाउँदा लुकीलुकी हाइड्रो नामक रयासनको प्रयोग  गरिरहेको पाइएको हो। 

महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले बिहीबार लाजिम्पाट क्षेत्रमा गरेको अनुगमनका क्रममा दुईवटा मिठाइ पसलको भान्छामा हाइड्रोका बट्टा भेटाएको हो ।

frontline

मूल सडकमै रहेको तृष्णा मिठाइ पसल र निखिलेश्वरम मिठाइ पसलको भान्छामा भेट्टाइएका ती बट्टाहरु अनुगमन टोलीले बरामद गरेको छ। 

अनुगमनमा सहभागी माधव तिमल्सिनाले मध्यम खालका पसलमा मिठाइमा हाइड्रोको प्रयोग गरिएको भेटिएको बताए। उनले भने,’ मिठाइहरुमा म्याद गुज्रिएका रङहरुको प्रयोग गरिएको पाइयो। बिल पनि प्रयोग गरिएको पाइएन। स्वास्थ्यलाई असर गर्नेगरी यस्ता अखाद्य वस्तु प्रयोग गर्न मिल्दैन।’

ती दुवै पसललाई १०/१० हजार रुपैयाँका दरले आर्थिक जरिवाना गराइएको छ । पसलका सञ्चालकले मिठाइमा हाइड्रो मिसाएको स्वीकार गरेका थिए।

अखाद्य वस्तु भान्छामा कसरी पुग्यो ? अनुगमन समितिका अधिकारीको प्रश्नको उत्तरमा उपभोक्ताहरुले धेरै सेता मिठाइ मन पराउने भएपछि यदाकदा प्रयोग गर्ने गरेको उनीहरुले स्वीकार गरे। 

उपभोक्ताको रुचीअनुसार रसबरी बनाउने हो भने एउटाको लागत ६० रुपैयाँसम्म पर्छ । लागत ६० भएपछि बिक्री कति रुपैयाँमा गर्ने ? हिजोसम्म २०/३० रुपैयाँमा पाइएको रसबरी ७०/८० रुपैयाँमा बिक्री हुन्छ कि हुँदैन? उनीहरु आफ्ना गुनासा सुनाएका थिए।

तृष्णा मिठाइको भान्छाबाट म्याद सकिएका थप ८ बट्टा रङ् र निखिलेश्वरमको भान्छाबाट करिब २० लिटर म्याद सकिएको बटर जफत गरिएको छ ।

सोह्रखुट्टे चोकमा रहेको सूर्यदेव मिठाइ पसलबाट करिब २ सयवटा रसवरी नष्ट गरिएको छ । भान्छामा ठूलो भाँडोमा राखिएको रसबरीमा भुसुना, लामखुट्टेजस्ता किराहरु तैरिरहेको भेटिएको अनुगमन टोलीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here