काठमाडौं फनपार्कलाई २४ घन्टाभित्र बक्यौता रकम बुझाउन महानगरको निर्देशन

फाइल तस्बिर

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घन्टाभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ। महानगरले बुधबार पत्र पठाउँदै २४ घन्टाभित्र कर बुझाउन निर्देशन दिएको हो।

पटक -पटक ताकेता गर्दा समेत कर नबुझाएपछि जरिवानासहित तिर्न २४ घन्टे अल्टिमेटम दिएको नगरपालिकाले जनाएको छ।

frontline

‘व्यवसायी कर र वहाल कर सम्बन्धी वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्झन कर  महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गइ पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न हुन अनुरोध छ,’ महानगरको पत्रमा भनिएको छ।

नगरपालिकाका अनुसार तोकिएको समयभित्र कर नबुझाएमा फनपार्क शिलबन्दी गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here