काठमाडौँ महानगरका ३२ वटै वडामा खोप केन्द्र राख्ने निर्णय

बुधबार, काठमाण्डौ । ५० बर्ष उमेर समूह माथिका नागरिकलाई खोप लगाउन काठमाडौँ महानगरका ३२ वटै वडामा खोप केन्द्र राख्ने निर्णय भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा आज बसेको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

frontline

बैठकले काठमाडौँ जिल्लाका अन्य नगरमा सम्भव भएसम्म नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राख्ने निर्णय गरेको छ ।

यसैगरी अत्याबश्यक सेवाका व्यक्तिका लागि राधास्वामी आइसोलेसन सेन्टर, सामाखुशी, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, टिचिङ् अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल केन्द्र तोकिएको छ ।

फरक क्षमता भएका व्यक्तिका लागि भेरोसेल खोप लगाउने कार्यक्रमअन्तर्गत खोप सञ्चालन हुने समयमा नजिकको खोप केन्द्र वा अन्य पायक पर्ने ठाउँमा सञ्चालन गर्ने निर्णय भएको छ ।

बैठकले जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारीको संयोजकत्वमा ६ सदस्यीय खोप अनुगमन समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, सशस्त्र प्रहरी वल, जिल्ला स्वास्थ्य कार्यालय र काठमाडौँ महानगरको प्रतिनिधित्व रहने उक्त समितिमा महानगरकातर्फबाट नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here