काठमाडौँ महानगर कार्यालयमा फोहर पानी प्रशोधन प्रणाली जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । 

बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रुपैयाँ हो । 

frontline

‘यो नमुना योजना हो । यसको नतिजा हेरेर विस्तार गर्नेछौँ ।’ कार्यक्रमका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई भन्छिन्, ‘काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन आवश्यक छ । सानातिना एकाइमा यसको प्रयोगलाई अहिले हामीले परीक्षण गरेका हौँ ।’

३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्वर रहेको वरिष्ठ इञ्जिनियर निशा कोइरालाले बताए  ‘शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ,’ उनले भने,‘त्यसपछि एनएरोविक विधि ९अक्सिजन दिनु नपर्ने विधि० बाट प्रशोधन सुरु हुन्छ । तेस्रो चरणमा एरोविक ९अक्सिजन दिनु पर्ने विधि० बाट, चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिन्छ । यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ । बोटबिरुवामा हाल्न मिल्ने हुन्छ ।’

विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । नेपालका अनुसार अहिले ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रूपमा प्रशोधन गरिएको छ । 

यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइनेछ । प्लाजामा दैनिक करिब ९ हजार लिटर पानीको प्रयोग हुने गरेको उनको भनाइ छ ।

#फोहर पानी प्रशोधन प्रणाली जडान

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here