कागेश्वरी मनोहराको भवन निर्माणका लागि सम्झौता

काठमाडौंमा भएको एक विशेष कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौं र कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सम्झौता भएको छ ।

जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको उपस्थितिमा जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारी र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावलीले भवन निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

frontline

काठमाडौंमा भएको एक विशेष कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौं र कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सम्झौता भएको छ ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायत नगरपालिकाबाट हुने कार्यहरुलाई छिटो, छरितो र प्रभावकारी बनाउन सहज होस् भन्ने उद्देश्यले जिससले काठमाडौंका सबै पालिकाहरुलाई प्रशासकीय भवन निर्माणका लागि सहयोग उपलब्ध गराइरहेको बताउनुभएको थियो ।
नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न नगरपालिकालाई आग्रह गर्नुहुँदै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले नगरपालिकाको व्यवस्थित र दिर्घकालिन विकासका लागि जिससले सक्दो पहल र समन्वय गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here