कांग्रेसको घोषणा पत्र सोमबार सार्वजनिक गर्ने

६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आइतबार गर्ने भनेको चुनावी घोषणा पत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।

आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान साढे १० बजे मात्रै घोषणा पत्र सार्वजनिक गरिने जानकारी दिनुभएको हो ।

frontline

प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण घोषणा पत्र सार्वजनिक गर्ने समय सरेको बताइएको छ । प्रधानमन्त्री देउवा आइतबार सत्ता गठबन्धनको चुनावी सभाका लागि सुदूरपश्चिम पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here