कांग्रेस सभापतिका लागि दोस्रो चरणको प्रतिस्पर्धा, सिंहलाई भेट्न पुगे गृहमन्त्री खाँण

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको प्रतिस्पर्धा हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको नजर प्रकाशमान सिंहतिर परेको छ ।

राष्ट्रिय सभागृहमा चलिरहेको मतगणना नसकिँदै गृहमन्त्री बालकृष्ण खाँण सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका छन् । भेटमा उनले सहयोग खोजेको बताइएको छ ।

frontline

सिंह पनि सभापतिका उम्मेदवार थिए । तेस्रो स्थानमा रहेका उनले ३७१ मात्र भोट पाए । चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २४९ मत पाएका छन् ।

दोस्रो चरणमा मतदान हुँदा २२५८ मत ल्याएका देउवा र १७४९ मत पाएका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए पुग्छ । जबकी शेखरलाई दुबैको समर्थन चाहिन्छ ।

देउवा समूह छाडेर सभापतिमा उम्मेदवारी दिएका निधिले देउवालाई समर्थन गर्ने सम्भावना कम छ ।

त्यसैले उनले सिंहको साथ खोजेका छन् । यद्यपि यसबारे गम्भीर छलफल गरेर मात्र निर्णय लिइने सिंहको समूहका एक नेताले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here