कांग्रेस संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरु छलफलमा

२३ मंसिर, काठमाडौं । सभापतिको उम्मेदवार चयनको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरु आफ्नो समूहबाट छलफलमा जुटेका छन् ।

संस्थापनइतर केन्द्रीय सदस्यहरुको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ ।

frontline

संस्थापनइतर पक्षले उम्मेदवार चयनको विषयमा केही दिनयता लगातार छलफल गर्दै आए पनि साझा उम्मेदवार छनोट गर्न सकेको छैन ।

सभापति पदमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइरालाले दाबी छाडेका छैनन् ।

केन्द्रीय सदस्यहरुको आजको बैठकले उम्मेदवारको विकल्प सुझाउने नेताहरुले बताएका छन् ।

केन्द्रीय सदस्यहरुको छलफलपछि सभापति पदका आकांक्षीहरुसँग संयुक्त छलफल गर्ने तयारी छ ।

कांग्रेसको १४ औं महाधिवेशन २४ मंसिरदेखि सुरु हुँदैछ । संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा नै सभापति पदको उम्मेदवार बन्ने टुंगो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here