कांग्रेस संसदीय दलको बैठक जारी
२३ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ।
जारी बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे छलफल भइरहेको एक सांसदले बताए। देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि आज पहिलोपटक बैठक बोलाइएको हो। दिउँसो एक बजेलाई बोलाइएको बैठकमा देउवा आफैँ एक घण्टा ढिलो पुगेका थिए।
संसदीय दलको बैठकले आगामी रणनीति बारे थप धारणा तय गर्नेछ । यसअघि कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा पदाधिकारीबीच छलफल भएको थियो ।
प्रतिनिधि सभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदैछ। संसद बैठकअघि कांग्रेस संसदीय दलको बैठक बसेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते संसदमा विश्वासको मत लिने तयारी छ।
प्रतिक्रिया दिनुहोस्