कांग्रेस महाधिवेशनको सफलता

नेपाली कांग्रेसको १५औं महाधिवेशन काठमाडौंमा आइतबारदेखि सुरु भएको छ। ९ महिनाअघिमात्रै विशेष महाधिवेशन गरेको पार्टीको यो नियमित महाधिवेशन पनि विशेष छ। लोकतान्त्रिक पार्टीमा आन्तरिक लोकतन्त्रको महत्वपूर्ण कडी नियमित र आवधिक महाधिवेशन हो। कांग्रेस यसै पनि मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो।

प्रजातान्त्रिक/लोकतान्त्रिक कालखण्डमा सबैभन्दा धेरैपटक सत्तारोहण गरेको पार्टी आज प्रमुख प्रतिपक्ष दल बनेको छ। लोकतान्त्रिक शक्तिकै रूपमा उदाएको नवगठित पार्टीले झन्डै दुईतिहाइ ल्याउँदा कांग्रेसले भने गत फागुनको निर्वाचनमा दसौं लाख मतदाता गुमायो, अघिल्लो निर्वाचनको तुलनामा। एक त महाविधेशनबाट नेतृत्व नवीकरण वा नयाँ चयनको परम्परागत रीत पूरा हुनु छ भने अर्कोतिर कांग्रेसको जिम्मेवारी मुलुकको राजनीतिक परिस्थितिमा ठोस दिशाबोध गर्नु पनि हो। तसर्थ सांगठनिक तथा वैचारिक हिसाबमा यो 
महाधिवेशनले विशेष महŒव राख्छ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here