कांग्रेसको राजनीतिक प्रतिवेदन : निर्वाचनपूर्व गठबन्धन नगर्ने, उत्पादनमा जोड दिने

काठमाडौं : कांग्रेस सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा आगामी चार वर्षका लागि पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्ताव गरेका छन्।  

प्रतिवेदनमा निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिह्न र उम्मेदवार लिएर जनतामाझ जाने, पार्टी संगठनको पुनर्संरचना गर्ने तथा सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी गर्ने प्रस्ताव गरिएको छ।

frontline

थापाले कांग्रेसले पछिल्ला दुई दशकमा आफ्नो मूल उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गरेका छन्। गठबन्धन व्यवस्थापन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्ना पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको प्रतिवेदनमा उल्लेख छ। युवापुस्तासँग पार्टीको दूरी बढेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको स्वीकार गर्दै प्रतिवेदनले पार्टी सुधार र जनतासँगको सम्बन्ध पुनःस्थापित गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here