कांग्रेस तेह्रथुमको प्रदेश सभा अधिवेशनबाट नयाँ नेतृत्व चयन

५ मंसिर, तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्र प्रदेश सभा अधिवेशनको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएकाे छ । शनिबार सम्पन्न अधिवेशनले प्रदेश (क) का नारायण सुब्बा निर्वाचित हुनु भएकाे हाे । सुब्बाले दुई सय १३ मत ल्याएर निर्वाचित भएकााे हाे ।

उहाँकाे प्रतिद्धन्दी कमल बानियाँले १ सय ९२ प्राप्त गर्नु भएकाे थियाे । उपसभापतीमा डिल्लाराम रेग्मी र प्रलाल्द खड्का त्यस्तै सचिवमा राजकुमार नेपाल र सन्जिब पौडेल सहसचिवमा धनश्याम पौडेल र तुलसी भट्टराई निर्वाचित भएका छन । निर्वाचन सहायक अधिकृत प्रकाश ढुङगानाले जानकारी दिनु भयो ।

frontline

त्यस्तै प्रदेश सभा (ख) अन्तरगत भएको निर्वाचनमा भुवान सिंह चोङबाङ निर्वाचित भएका छन । त्यस्तै उपसभापतीमा पुण्यप्रसाद भेटुवाल र रामबहादुर लिम्बु सचिवमा कृष्णप्रसाद बास्कोटा र तेजप्रकाश लिम्बु त्यस्तै सहसचिवमा जगबहादुर कटुवाल र विनयकुमार सुब्बा निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत लक्ष्मण रन्जितले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here