कांग्रेस अधिवेशनमा झडप, मतदान अधिकृतको टाउकोमा चोट, इन्स्पेक्टरको हात भाँचियो

श्रोत : ईन्टरनेट

१४ मंसिर, जनकपुरधाम । सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनमा दुई पक्षबीच झडप भएको छ । सोमबार दिउँसो संघीय निर्वाचन क्षेत्र नम्बर–४ को बलरामा झडप भएको हो ।

झडपमा प्रहरी निरीक्षक सुरेश ठाकुर, सहायक प्रहरी निरीक्षक अरूण कुमार यादव, हवलदार अवधेशप्रसाद यादव, महेशप्रसाद यादव र प्रहरी जवानहरू मेआज आलम, रामानन्द यादव अजय साह घाइते भएको प्रहरी उरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

frontline

प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले वडा अधिवेशनका क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको जानकारी दिए ।

उनकाअनुसार झडपमा बलरा नगरपालिका–८ को वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झा पनि घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । 

उनकाअनुसार एकजना इन्स्पेक्टरको हात भाँचिएको छ ।

सर्लाहीमा संस्थापनइतरका अमरेशकुमार सिंहका समर्थक र संस्थापन पक्षबीच पटक–पटक विवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here