काँग्रेस महामन्त्रीहरुमाथि ज्ञानेन्द्र शाहीको व्यङ्ग्य, राजनीतिक नियुक्तिअघि लिखित परीक्षाको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको खोजी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रममाथि दुई शक्तिशाली महामन्त्रीको मौनता रहश्यमय रहेको बताएका हुन् । 

पार्टी प्रवक्तासमेत रहेका शाहीले सरकारको वार्षिक नीति तथा कार्यक्रम लज्जास्पद रहेको उल्लेख गरे । ‘यो संसदको महत्व घट्दै गयो, बढोस् पनि कसरी ? यहाँ हुने छलफल लागू हुने भए पो त !’, उनले भने, ‘नेपाली कांग्रेसका दुई शक्तिशाली महामन्त्री हुनुहुन्छ, तर यत्रो छलफल चलिरहँदा देखिनुभएन, उहाँहरुलाई पनि खाउँ भने कान्छा बाउको अनुहार, नखाउँ भने दिनभरको शिकार जस्तै भएको होला ।’

frontline

सांसद शाहीले दुई तिहाई बहुमतको सरकारलाई संविधान संशोधन गरेर निर्वाचन प्रणाली र संवैधानिक आयोगको नियुक्तिसम्बन्धी व्यवस्था परिवर्तन गर्न सल्लाह दिएका छन् । ‘महान्यायाधिवक्ता कसले नियुक्त गर्छ भन्दा प्रधानमन्त्रीले । देशभरका सरकार वकीलको कार्यालयको कसको निर्देशनमा चल्छ भन्दा उनै महान्यायाधिवक्ताको’, उनले अघि भने, ‘अनि सरकारले आफ्नो मान्छे भ्रष्टाचारी भए पनि कारबाही गर्दैन, संवैधानिक आयोगहरुमा पनि अब लिखित परिक्षा गरेर नियुक्त गर्नुपर्छ, राजनीतिक नियुक्तिले देश बर्बाद बन्यो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here