‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’

४ कात्तिक, काठमाडौं । एउटा नेपाली उखानै छ ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा ।’ काठमाडौंको हाँडीगाउँमा अहिले त्यही जात्रा मनाइएको छ ।

कोजाग्रत पूणिर्माको भोलिपल्टदेखि ३ दिनसम्म यो जात्रा मनाउने गरिन्छ । लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ । रथको गजुर तलपारी र गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथको निर्माण गरिन्छ ।

frontline

भगवान राखिएको गर्भगृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ । साथै रथमा मैनको सुगन्धित फूल बनाई राख्ने गरिन्छ । यसैले फरक र पृथक शैलीमा जात्रा मनाइने भएकोले कहिँ नभएको जात्रा हाँडी गाउमा भनिएको स्थानीय बताउछन् ।

जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ साथै रथ सजाउन प्रयोग भएको मैनको वास्नादार फूल रथको गजुर घुमाउदा खस्ने हुदा फूल टिप्नेको भीड हुने गर्दछ । यो फूललाई प्रसूति पीडामा रहेकी महिलालाई सुघाउदा पीडा कम हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here