कहाँ जाने भेरोसेल दोस्रो डोज लगाउन ?

काठमाडौं । काठमाडौं जिल्लामा आइतबारदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्ने वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । चन्द्रागिरि नगरपालिकामा ३ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ ।  मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका बाहिर कीर्तिपुर नगरपालिकामा नयाँबजार गेट र बुँगाउँमा रहेको राराहिल मेमोरियल स्कुलमा गरी २ ठाउँमा खोप केन्द्र तोकिएको छ ।

frontline

काठमाडौं बुढानीलकण्ठ नगरपालिकाको २ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको २ ठाउँ, टोखामा २ ठाउँ र नागार्जुन नगरपालिकाको २ ठाउँमा जेठ ११ गतेसम्म दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसबाहेक कागेश्वरी मनहरा, दक्षिणकाली, तारकेश्वर र शंकरापुर नगरपालिकाको एक एक ठाउँमा कोरोना खोपको केन्द्र तोकिएको छ ।

काठमाडौंको कुन ठाउँमा खोप लगाइँदैछ भन्नेबारेमा सूची तल उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here