कश्मीरको एक धार्मिक स्थलमा भागदौड मच्चिदा १२ को मृत्यु, २० जना घाइते
१७ पुस, नयाँ दिल्ली । भारत प्रशासित कश्मीरको एक धार्मिक स्थलमा भागदौड मच्चिदा कम्तिमा १२ जनाको मृत्यु भएको छ। सो घटनामा अन्य २० जना घाइते भएका छन्।
भारत प्रशासित कश्मिरमा रहेको वैष्णो देवी मन्दिरमा शनिबार बिहान भक्तजनबीच धकेलाधकेल भएपछि भागदौड मच्चिएको थियो।
वैष्णो देवी मन्दिर हिन्दूहरुको एक महत्वपुर्ण तीर्थस्थलमध्ये एक हो। पहाडी भागमा रहेको मन्दिरमा नयाँ वर्षको अवसरमा पूजा गर्न जाने भक्तजनहरुको खचाखच थियो।
मन्दिर जाने बाटो अन्धकार थियो। त्यही बेला एक्कासी भागदौड मच्चिएको अलजजीरामा समाचार छ। भागदौडका क्रममा घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्