कलभर्टको पोलमा ठोकिएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१४ पुस, जनकपुरधाम । धनुषामा कलभर्टको पोलमा ठोकिएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी जिल्लाको कमला नगरपालिका- ८ हरिने बस्ने २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

frontline

बिहीबार बिहान विरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको सहिदनगर नगरपालिका ६ हठीपुरमा मधेश प्रदेश २–००६ प १८१९ नम्बरको मोटरसाइकल कलभर्टको पोलमा ठोकिएर दुर्घटना भएको हो।

गम्भीर घाइते भएका ठाकुरलाई उपचारको लागि जनकपुरधाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here