कर्मचारी र लेखनदासको मिलोमतोमा ‘सर्भर डाउनको हल्ला

चितवन । चितवनकी संगिता पौडेÞल जग्गापासका लागि मालपोत कार्यालय भक्तपुर गएकी थिइन । कार्यालय प्रवेश गर्दैगर्दा उनलाई लेखनदासले बाटोमै छोपे।

आजै काम गराइदिने भनेपछि उनले एक जनालाई कागजपत्र बुझाईन । भित्र बाहिर हस्याङ्फस्याङ देखेर उनलाई टिठ पनि लाग्यो। केही बेरमा ति लेखनदास बाहिर आएर सुनाए– ‘सर्भर डाउन छ, आज काम हुन गारो छ। त्यही पनि म कर्मचारीलाई भनसुन गरि मिलाउन प्रयास गर्छु ।’

frontline

उनले संगिीता जस्तै ८/१० जनाको कामको जिम्मा लिएका रहेछन् । उनले प्रत्येक जनाले ६ हजार दिए कर्मचारीलाई भनेर भित्रबाट मिलाउने प्रस्ताव ल्याए । सर्वर डाउन भएको भनेर कर्मचारी हात बाँधेर बसेका छन, उता बिचौलिया भित्रबाट मिलाउने प्रस्ताव ल्याउँछन ! नेट्वर्किङ बारे राम्रै ज्ञान भएकी संगीतालाई यो कुरा हजम भएन । उनले कर्मचारीको मिलोमतोमा सर्भर डाउन गरिएको बुझिन ।

कर्मचारी र लेखनदासको नियत वुझेपछि उनले आफूले पैसा नदिने बरु उजुरी गर्ने कम्मी दिईन। मिलेमतोमा सर्भरडाउन गरिएको भनेर संगिताले के भनेकी थिइन लेखनदासको मुहार कालो निलो भयो । जे गर्न मन छ गर्नोस भन्दै उनी भित्र छिरे। तर, केहि समयपछि नै उनी वाहिर निस्किए र संगीतालाई बोलाए । संगिताको काम फटाफट सिद्याएर ‘तपाईं टाढाको मान्छे सरले जसोतसो गरिदिनु भो’ भनेर पठाए । संगीता बाहेक अरुसँग त लेखनदासले ६ हजारका दरले रकम लिने/दिने सहमति गरिसकेका थिए । संगिता भन्छिन्–‘उनीहरुलाई कर्मचारीको काईते कुरा थाहा भएन, ६ हजार तिरेर काम गराए ।’

यति मात्र होईन, नापीको अवस्था पनि उस्तै छ। सेवाग्राहीको बाक्लो उपस्थिति हुने नापीमा पैसा नखुवाई काम हुँदैन,यो कुनै नयाँ कुरा होईन सबै लाई थाहा भएकै कुरा हो। सेवाग्राहीको लामो लाइन र छिटै काम गराउने बानीलाई कर्मचारी अतिरिक्त पैसा कुम्ल्याउने श्रोत वनाएका छन्। यति मात्र होईन, पैसा लिएर मात्र काम गर्नुलाई कर्मचारीले आफ्नो अधिकार ठान्छन । पैसा दिनेको काम सरासर गर्ने र पैसा दिन आनाकानी गर्नेलाई झर्कोफर्को गर्ने कर्मचारीको वानी नै परिसको देखिन्छ। 
 
सेवाग्राहीले पनि पैसा नदिँदा काम हुँदैन भन्ने बुझेर घूस खुवाउँछन् । अपरिचित व्यक्तिलाई कर्मचारी र लेखनदासले निगरानी गर्छन । जव सेवा ग्राही हो भन्ने निस्चित हुन्छ। अनि मात्र लेखनदास मार्फत वार्गेनिङ गर्छन । 
 
रकम नबुझाउँदा काममा आलटाल हुने, कागजात नमिलेको भन्दै सेवाग्राहीलाई फर्काउने गरिएको छ । तर, रकम बुझाए त्यो समस्या खेप्नु पर्दैन, नमिलेको कागजात पनि मिलाएर काम फटाफट हुन्छ । 

बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिन खोज्ने सेवाग्राहीको बैंकले मालपोतमा जग्गा रोक्का गराउन जाँदा पनि कर्मचारीले आलटाल गर्ने गरको तर अतिरिक्त रकम दिए एकछिनमै रोक्काको पत्र हातमा थमाइदिने गरकोे सेवाग्राहीको भनाइ छ । कित्ताकाट गराउँदा सेवाग्राहीले सरकारी राजस्व त तिर्छन् नै साथमा अतिरिक्त रकम पनि तिर्नुपर्छ । नापीका कर्मचारीले एकसयको सरकारी दस्तुर लाग्ने ठाउँमा एक हजारदेखि माथी जति सकिन्छ सेवाग्राहीको हैसियत हेरेर डिमान्ड गर्छन ।
 
नापीमा नक्सा प्रमाणित, फिल्डबुक उतार, कित्ताकाट लगायतमा कर्मचारीले मोटो रकम उठाउने गरेको सेवाग्राहीको गुनासो छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here