कर्णालीमा कोरोनाबाट थप ६को मृत्यु, १३५ जनामा संक्रमण

कर्णालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

frontline

योसँगै कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

मृतकमध्ये सुर्खेतका चारजना, रुकुम पश्चिम र हुम्लाका एक/एकजना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर २९४ जनाको पीसीआर परीक्षण गर्दा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ५८० जनाको एन्टिजेन परीक्षणमा १४५ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ५३० जना संक्रमित निको भएका छन् ।

योसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५५२ पुगेको छ ।

प्रदेशमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९६६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here