करेन्ट सर्ट भई फर्निचर गाेदाममा आगोलागी

श्रोत : ईन्टरनेट

चितवन । चितवनमा करेन्ट सर्ट भई एक फर्निचरमा आगोलागी भएको छ । भरतपुर महानगरपालिका ४ दुर्गाचोकमा रहेको तेजु निउरेले सञ्चालन गरेको तेज ईन्टरप्राईजेज फर्निचरमा एक्कासी करेन्ट सर्ट भई आगोलागी भएको हो ।

आइतबार दिउसोको समयमा एक्कासी करेन्ट सर्ट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगो लागि भएको खबर प्राप्त हुना साथ प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

frontline

नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय र भरतपुर महानगरपालिकाको २ वटा, खैरहनी नगरपालिकाको १ वटा गरी जम्मा ३ वटा दमकलको सहयोगमा आगो निभाउने कार्य भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here