कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

३ कात्तिक, काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

frontline

थुनछेक बहसपछि सिंहलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताउनुभयाे ।

उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा मुद्दा दायर गरेको थियो ।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here