कमलामाईले गर्यो लक्ष्य अनुसारको राजस्व संकलन

 कमलामाई नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गरेको छ । नगरपालिकाले ६ करोड ११ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा सो अनुसारको राजस्व संकलन गर्न सफल भएको हो ।

नगरपालिकाले घरबहाल कर, सम्पत्ती कर,  ठेक्कापट्टा, पसलकवल, सिन्धुलीगढीको प्रवेश शुल्क आदीबाट कर संकलन गरेको हो । नगरपालिकाले सबैभन्दा धेरै घरबहाल करबाट राजस्व संकलन भएको जनाएको छ। 

frontline

नगर सभाले आर्थिक ऐनमा पास गरेको दररेट अनुसार वडा/वडामा जनताले लिएको सेवाअनुसार राजस्व संकलन गरेको नगरपालिकाका आन्तरिक लेखा तथा प्रशासन शाखाका प्रमुख सुशील कुमार वर्माले बताए । 

उनले भने, ‘करको दर बढाएर राजस्व बढाएमा नराम्रो असर पर्छ । करको क्षेत्र बढाएर राजस्वमा वृद्धी गर्ने हो ।’ हरेक वर्ष नगरपालिकाले वडा वडामा गएर व्यवसाय दर्ता नगरेका, व्यवसाय सञ्चालन नगरेका, कर नतिरेका, करको दायरामा नआएकाहरुको पहिचान गरि करको विषयमा जानकारी गराउने गरेको उनले पालिकाखबरलाई सुनाए ।  

नगरपालिकाले हरेक वर्ष लक्ष्यअनुसार राजस्व संकलन गरिरहेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here