कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि कारबाही गर्ने क्यानको तयारी

२६ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि कारबाही गर्ने ‘मुड’मा देखिएको छ ।

सेन्ट्रल कन्ट्रयाक्ट’का लागि क्यानले गरेको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै कप्तान मल्लसहित चार खेलाडीले सार्वजनिक रूपमा वक्तव्यबाजी गरेको भन्दै क्यानले स्पष्टीकरण सोधेको थियो ।

frontline

कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले क्यानकै गल्ती देखाउँदै पहिलोपटक स्पष्टीकरण बुझाएका थिए । उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै क्यानले दोस्रोपटक स्पष्टीकरण सोधेको थियो ।

दोस्रो स्पष्टीकरणमा पनि क्यानले चित्त बुझाउने अवस्था नरहेको निष्कर्षसहित क्यानको अनुशासन छानविन समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

“खेलाडीहरूले दोस्रोपटक पठाएको स्पष्टीकरण पनि उस्तै छ । अब हामी तेस्रोपटक स्पष्टीकरण सोध्ने छैनौँ ।

प्रतिवेदन तयार पारेर क्यानलाई साँझसम्म बुझाउने तयारी छ । त्यसपछि क्यानले कारबाहीको प्रक्रिया थाल्नेछ,” कार्यवाहक सचिव मल्लले कुराकानीमा भने 

‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि क्यानले गरेको वर्गीकरणमा असन्तुष्टि जनाउँदै खेलाडीले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

त्यसपछि क्यान र खेलाडीबीच मतभेद बढेको थियो । चार खेलाडीलाई स्पष्टीकरण सोधेपछि राष्ट्रिय टोलीमा रहेका खेलाडीहरूले क्यानलाई १९ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

क्यान पदाधिकारीले खेलाडीको ज्ञापनपत्रलाई स्पष्टीकरणको ‘काउन्टर’का रूपमा बुझेका छन् ।

यद्यपि, त्यसबारे खेलाडी र क्यान पदाधिकारीबीच एक चरण छलफल भइसकेको छ ।

“क्यानमाथि खेलाडी नै हाबी हुने अवस्था आएको छ । यस्तो अवस्थामा क्यानले पनि आफ्नो अधिकार प्रयोग गर्नेबाट अयो । खेलाडीको गल्ती स्पष्ट देखिएको छ,” मल्लले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here