कक्षा १२ को परीक्षा दशै अगावै गर्ने परीक्षा बोर्डको तयारी
सोमबार, काठमाण्डु । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशै अगावै गर्ने तयारी गरेको छ । यसअघि साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो ।
परीक्षा दिने अधिकांश विद्यार्थीले कोरोनाको खोप पाउने भएपछि बोर्डले दशै अगाडी नै कक्षा १२ को परीक्षा लिनेगरि तयारी थालिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।
उनकाअनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा दसैंअगाडि नै परीक्षा गर्न सकिने बताए ।
सीसीएमसीले अनुमति दिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाबारे जानकारी दिइने बोर्डको तयारी छ ।
सरकारले यसै साता मात्रै कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ ।
प्रतिक्रिया दिनुहोस्