कंगोको रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट, ६ को मृत्यु , १३ गम्भीर घाइते

११ पुस, किन्शासा । कंगोको पूर्वी सहर बेनीस्थित एक रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट भएको छ ।

क्रिसमसको अवसरमा खचाखच भरिएको बक्स रेष्टुरेन्टमा शनिबार राती आत्मघाती बम विस्फोट भएको हो ।

frontline

आक्रमणको समयमा सो रेस्टुरेन्टमा कम्तीमा ३० मानिसले आफ्ना परिवारका सदस्य र साथीहरुसँग क्रिसमस मनाइरहेका थिए ।

आत्मघाती बम बोकेर आएको व्यक्तिले रेष्टुरेन्टको प्रवेशद्वारमै बम विस्फोट गराएको प्रत्यक्ष्यदर्शीहरुले अन्र्तराष्ट्रिय मिडियासँग बताएका छन् ।

विस्फोटमा परि कम्तीमा ६ मानिसको मृत्यु भएको छ भने अन्य १३ गम्भीर  घाइते भएका छन् ।

शनिबारको सो आक्रमण सेनाको समुह एलाइड डेमोक्रेटिक फोर्सेसले गराएको आरोप अधिकारीहरुले लगाएपनि आक्रमण आइएसले गरेको बताइएको छ ।

यद्यपि, हमलाको जिम्मेवारी हालसम्म कुनैपनि समूहले नलिएको बताइएको छ ।

पछिल्लो समय बेनी क्षेत्रमा सेना र आइएसविच विभिन्न आक्रमण हुने गरेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

poster-here