औषधि व्यवसायि सङ्घका महासचिब झाको फार्मेसीबाट लागुऔषध बिक्री वितरण

औषधि व्यवसायी सङ्घका महासचिवको पसलमै लागुऔषध बिक्री–वितरण !

काठमाडौं । नेपाल औषधि व्यवसायि सङ्घ उदयपुरका महासचिब वीरेन्द्रकुमार झाले सञ्चालन गरेको फार्मेसीबाट लागुऔषध बिक्री वितरण गरेको पाइएको छ ।

frontline

बिहीबार औषधि व्यवस्था विभाग विराटनगरको टोलीले जिल्लाको चौदण्डीगढी र बेलका नगरपालिकाका विभिन्न औषधि पसलमा छड्के चेकगर्दा यस्तो झाको पसलमा लागुऔषधसँग सम्बन्धि विभिन्न औषधिहरू मिसाएर सेवनकर्तालाई बिक्री–वितरण गरेको फेला परेको हो ।

विभागका प्रमुख सञ्जीव कट्टेलका अनुसार चौदण्डीगढी नगरपालिका–९ स्थित गोपिकृष्ण मेडिकल सञ्चाल गर्दै आएका झाले ट्रामाडोल, डिसाइक्लोमिन र प्रेगावालिन औषधि मिसाएर लागुऔषध बनाउने र सेवनकर्तालाई बिक्रीवितरण गर्ने गरेको फेला परेको हो ।

यसरी बनाएको औषधि सेवन गर्दा लामो समयसम्म नसा दिने, झुम–झुम भइरहने, एकोहोरिने जस्ता लक्षण देखिने बताउँदै कट्टेलले विभिन्न प्रकारका औषधि मिसाएर लागुऔषध बनाई विद्यालय क्याम्पस पढ्दै गएका १५–१६ वर्ष उमेरका किशोरहरूलाई बिक्री गरेको भन्ने उजुरीको आधारमा उक्त पसलमा छड्के चेकजाँच गरिएको बताए ।

झालाई एक वर्षअघि पनि विभागले यही घटनामा पक्राउ गरी २५ दिन कारवाही गरी छाडेको थियो ।

पुनः दोहोरिएकाले औषधि ऐन २०३५ अनुसार हदैसम्मको कारवाही गरिने भन्दै प्रमुख कटेलले उनकोे फार्मेसी सिल गरी पाँच दिनभित्र विभागमा हाजिर हुनेगरी पत्राचार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here