औरैया-टिकूलिया पूल निर्माण हूने सम्भावना।


मेवालाल यादव
रौतहट भाद्र २७
रौतहट जिल्लाको क्षेत्र नं १ र २ जोड्ने गौर टिकूलियाको लाल बकैयामा रहेको निर्माणाधीन पूल विगत एक दशकदेखि अलपत्र परेको छ। विभिन्न राजनीतिक तथा रकमी चलखेलको कारणले आज सम्म अलपत्र परेको पूल अब निर्माण हून्छ कि? प्रश्न सहीत आशा पलाएको बूझदैछन।
यो पूल निर्माण गराऊनका लागी पत्रकार सॅजय सहनीले अनशन गरेको बेला रौतहट जिल्ला क्षेत्र नम्बर १ को सांसद एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले, अनशनरत सन्जय सहनीलाई जूश खूवाई यो आर्थिक बर्षको अषाढ महीना सम्म पूलको सबै कार्य पूरा भै सकने समेत वाचा गरेको थियो। वाचा पश्चात सॅजय सहनीले अनशन खतम हूदा सबै नेताले आफ्नो कानमा तेल हाली सूतेको जस्तो देखीयो।
किनकि यो आर्थिक बर्षको बजेटमा हाल सम्म एक सूको नरहेको हूदा आमजनताले यही बूझ्ने अवस्था देखीयो।
तर गर्न चाहेमा के हून सक्दैन?
नेपाली कांग्रेसको नेत्री, महिला सॅघको जिल्ला अध्यक्ष तथा प्रदेश कमिटी को सदस्य एवम् नेपाल भारत मैत्री सॅघको केन्द्रिय सदस्य अन्जु झाले आफ्नो पार्टीको प्रदेश अध्यक्ष तथा मधेश प्रदेश सरकारको भौतीक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवलाई आग्रह गरी सो निर्माणाधीन पूल निर्माण को लागी रकम छुट्याउनमा सफल भएकि हून। सोको प्रमाण सड्क डिभीजन कार्यालयको टिप्पनी आदेशले स्पष्ट देखिएको छ।
यो कार्यवाट गौरवाट पश्चिमको जनताले खूशी महशूस गरिरहेको छ।
तै पनी विगत एक दशकदेखि पूल निर्माणमा ठिकेदर, स्थानीय प्रशासन र सड्क डिभीजन कार्यालय प्रमुख दरोगा साहको रवैयाले सो पूल निर्माण नभएसम्म केही भन्न न सकने अवस्था रहेको स्थानीयहरूको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्

poster-here