ओलीकै नेतृत्वमा चुनावमा जान देउवा तयार

 प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस नयाँ सरकार गठन सम्भव नहुने करिब निष्कर्षमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय तत्काल पुरा नहुने निष्कर्षमा पुगेको छ ।

शुक्रबार माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँगको छलफलपछि काँग्रेस सभापति शेरबहादुर देउवाले करिब एक घण्टा आफूनिकट नेताहरुसँग छलफल गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पनि बूढानीलकण्ठबाट बाहिरिएपछि भएको उक्त छलफलमा आगामी रणनीतिबारे कुराकानी भएको स्रोतले रातोपाटीलाई जानकारी दियो ।देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले सुरु देखिनै भन्दै आएको हो । हाम्रो नेतृत्वमा सरकार बन्ने परिस्थिति छैन । काँग्रेसको नेतृत्वमा सरकार बन्न निर्वाचनको विकल्प छैन । महन्थ ठाकुर गठबन्धन बनाउन होइन यहाँ देखिन मात्र आउनुभएको देखियो नि !’

frontline

स्रोतका अनुसार देउवाले निर्वाचनको माहोल निर्माणका लागि आन्तरिक रुपमा जोडदिन नेताहरुलाई आग्रह गरेका थिए । सत्ता समीकरणको विषयका कारण बैठक नै बस्न नसक्ने अवस्थामा पुगेको जसपाले एकमतका साथ गठबन्धनका लागि राजी हुनेमा देउवालाई विश्वास नै छैन । अर्कोतिर वरिष्ठ नेता पौडेलबाहेकका शीर्षस्थ नेता सत्ताको खेल बाहिरै देखिन्छन् ।देउवाले शुक्रबार एक कार्यक्रमा आफू सत्ताको खेलमा नभएको भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका थिए । यसबाटै प्रष्ट हुन्छ काँग्रेसभित्र नयाँ सरकार निर्माण भन्दा पनि ‘अर्ली इलेक्सन’ को राप उठेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here